National life

इक्यानका सचिव पदका उम्मेदवार फिलिप डिसीको मतदातालाई यस्तो छ अपिल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
676Shares
इक्यानका सचिव पदका उम्मेदवार फिलिप डिसीको मतदातालाई यस्तो छ अपिल
ncell

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघको केन्द्रीयकार्यसमितिको निर्वाचन २०८० मा विष्णुहरि पाण्डे समूहबाट सचिवपदमा फिलिपकुमार डाँगी क्षेत्रीले उम्मेद्वारी घोषणा गरेका छन् । संघको समग्र हित तथा प्रतिष्ठा प्रवर्धन गर्न र यस क्षेत्रको व्यवसायीक क्षमता अभिवृद्धि गर्दै सामूहिक प्रयास र प्रगतिको पथमा संघलाई निरन्तर अगाडि बढाउने उद्देश्यसहित उनले सचिवपदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले एफडिआईका थुप्रै मामिलाहरू, एनओसीका विविध समस्याहरू, शैेक्षिक परामर्श क्षेत्र र विश्वविद्यालय तथा कलेजहरू बिचको पारस्परिक सहकार्यका सवालहरू, अनैतिकवा गैर–व्यवसायीक अभ्यासहरू विरूद्ध डटेर लड्ने जागरूकताहरू र निक्षेपको निदान तथा सबै खाले प्रतिकुलताहरूको लबिङकाविरूद्ध खरो वकालत गर्ने जस्ता विविध मुद्दाहरूमा भूमिका खेल्दै आएका छन् ।

साथै उनले यस्ता विविध समस्याहरू विशेष भूमिका र अथक प्रयास समेत गर्दै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तो छ सचिवपदका उम्मेद्वार फिलिपकुमार डाँगी क्षेत्रीको अपिल

नेपाल शैक्षिक परामर्श संघ ईक्यानका आदरणीय सदस्य तथा मतदाता साथीहरू

मैले, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को केन्द्रीयकार्यसमितिको निर्वाचन २०८० मा सचिवपदको उम्मेद्वारी घोषणा गरेको छु । इक्यानको समग्र हित तथा प्रतिष्ठा प्रवर्धन गर्न र यस क्षेत्रको व्यवसायीक क्षमता अभिवृद्धि गर्दै सामूहिक प्रयास र प्रगतिको पथमा ईक्यानलाई निरन्तर अगाडि बढाउनु नै मेरो उम्मेद्वारीको प्रमुख उद्देश्य हो ।

एफडिआईका थुप्रै मामिलाहरू, एनओसीका विविध समस्याहरू, शैेक्षिक परामर्श क्षेत्र र विश्वविद्यालय तथा कलेजहरू बिचको पारस्परिक सहकार्यका सवालहरू, अनैतिकवा गैर–व्यवसायीक अभ्यासहरू विरूद्ध डटेर लड्ने जागरूकताहरू र निक्षेपको निदान तथा सबै खाले प्रतिकुलताहरूको लबिङकाविरूद्ध खरो वकालत गर्नेजस्ता विविध मुद्दाहरूमा मैले खेलेको भूमिका र अथक प्रयास एवम् अविच्छिन्न संघर्षको बारेमा यहाँहरू सबै विदितै हुनु्हुन्छ ।

हाम्रो उद्योगले अहिले विभिन्नखाले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । पारस्परिक एकता र सहकार्यले मात्रै हामी ती समस्याहरूमाथि विजय हासिल गर्न सक्छौँ र हाम्रो चासोको रक्षा गर्न सक्छौं भन्ने मेरो बुझाई छ । मुलतः मेरो यो उम्मेदवारी मेरो मात्रहोइन;हाम्रो उद्योगको सुधारकानिम्तिमिलेर कामगर्ने सामूहिकप्रयासकालागिहो । ईक्यानको सचिव भएर म यो क्षेत्रमा निरन्तर विशेष योगदान गर्न चाहन्छु र हाम्रो उद्योगलाई सम्मानीत शैक्षिक क्षेत्र बनाउन सदा सक्रिय हुन चाहन्छु ।

यतिबेलातपाईको भोटको ठूलो महत्व छ, र यस चुनावमा तपाईँ सम्पूर्ण मतदाता साथीहरूले आफ्नो स्वतन्त्र विवेकद्वारा सही उम्मेदवार छनोट गर्नु हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु । यस निर्णायक समयमा यहाँहरूको अमूल्य मतका साथै विगत झैँ यहाँहरूको माया, साथ, सहयोग र सद्भावको आशा राख्दछु । यहाँहरूको विश्वास र समर्थनका लागि धन्यवाद ।

यस्ता छन् डिसीको १२ बुँदे चुनावी एजेन्डा

१. इक्यान संस्थागत विधि र विधानअनुसार चल्नुपर्छ र यसको आफ्नो प्रशासनिक कार्यालय भवन हुनुपर्छ ।

२. शैक्षिक परामर्श सेवालाई शैक्षिक उद्योगको रूपमा सरकारले मान्यता दिनुपर्छ ।

३. आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहको उच्च शिक्षाका लागि सरकारले बिना सर्त कर्जाको व्यवस्था गर्नुपर्छ ।

४. नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने मात्रै होइन, विदेशी विद्यार्थीहरू नेपालमा पढ्न आउने वातावरण सिर्जना गरिनुपर्छ ।

५. शैक्षिक परामर्श क्षेत्र उच्च सम्मानित एकताबद्ध र पूर्ण पारदर्शिता हुनुपर्छ ।

६. एनओसीलगायतका समस्यामा समग्र विद्यार्थीको हित हुने गरी कानुनी प्रबन्ध गरिनुपर्छ ।

७. इक्यानलाई गैर–राजनैतिक तथा पूर्ण व्यावसायिक संस्थाको रूपमा विस्तार एवम् सञ्चालन गरिनुपर्छ ।

८. शिक्षालाई व्यवहारिक बनाउन राज्यले शैक्षिक परामर्श संघ लगायत क्षेत्रसंग नीतिगत र व्यवहारिक तहसम्म सहकार्य गर्नुपर्छ ।

९. गैरकानुनी रूपमा सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थाहरू अविलम्ब बन्द गर्नुपर्छ ।

१०. नेपाललाई विश्वकै एउटा एजुकेशन हब बनाउनुपर्छ जसका लागि परामर्श क्षेत्रको विज्ञता राज्यले भरपुर उपयोग गर्नुपर्छ ।

११. विदेशमा रहेका विद्यार्थीको स्वास्थ्य तथा शिक्षामा बिमाको प्रबन्ध राज्यले अविलम्ब गर्नुपर्छ ।

१२. विदेशी विश्वविद्यालयसँग सहकार्यको क्षेत्र भएका हुनाले शैक्षिक परामर्शको अनुमति संघीय सरकार मातहत हुनुपर्छ । साथै विदेशमा नेपाली विद्यार्थीले हासिल गरेको ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने प्रबन्ध राज्यले गर्नुपर्छ ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?