काठमाडौं । पछिल्लो समय नेपाली बीमा क्षेत्रले राम्रै उचाइ प्राप्त गरिरहेको छ । वित्तीय साक्षरतामा वृद्धि, मानिसमा भविष्यको लागि बचत गर्ने बानीको विकास तथा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको कार्यदक्षता सँगै बीमा कम्पनीहरूले मानिसको चाहाना बुझेर उनीहरूको आवश्यकता र क्षमता अनुसारका बीमा पोलिसीहरु ल्याउनु लगायतका अन्य धेरै कारणहरूले बीमा क्षेत्रले नयाँ उचाइ हासिल गरिरहेको मान्न गाह्रो छैन ।
यसैबिच नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि यस्तै नयाँ नयाँ खालका बीमा योजनाहरू जारी गरेर ग्राहकहरूको मन जितिरहेको छ । जसमध्ये एउटा नयाँ किसिमको बीमा योजना हो, जीवन सारथि जीवन बीमा योजना ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको सबैभन्दा उत्कृष्ट योजना जीवन सारथि जीवन बीमा योजना
यस्तै यो बीमा योजना जीवन बीमा क्षेत्रको नौलो बिमा योजना पनि हो । यो बीमा योजनामा एउटै बीमा लेखबाट श्रीमान् वा श्रीमती दुई जनाको बिमा गर्न सकिन्छ । यो बीमा योजना लिनको लागि श्रीमान् श्रीमतीको उमेर २० वर्ष कटेको हुनुपर्छ भने ५० वर्ष नाघेको हुनुहुँदैन ।
यो बीमा योजना कम्तीमा १५ वर्षको र बढीमा ३० वर्ष अवधिसम्मको लिन पाइन्छ । न्यूनतम ५० हजार प्रिमियम रहेको यो बीमा योजना बढीमा आय स्रोतको आधारमा जति रकमको पनि बीमा गर्न सकिन्छ । नेपाल लाइफ इन्स्योरेन्सको यो बीमा योजनाको मुख्य आकर्षण भनेको बीमालेखको अवधि समाप्तिसम्म बीमित श्रीमान् श्रीमती दुवै सकुशल रहेको खण्डमा बीमा बापतको बोनस सुविधा पाउन सकिन्छ ।
यस्तै यदि बीमा चालु रहेको अवस्थामा श्रीमान् श्रीमतीमध्ये कुनै एकको प्राकृतिक मृत्यु भएको अवस्थामा जीवित रहेको एक जनाले बाँकी किस्ता समेत तिर्न पर्दैन । र बिमाको अवधि समाप्त भएपश्चात् बीमाङ्क रकम र सो बराबर प्राप्त हुने बोनस सुविधा एकमुष्ट प्राप्त गर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=Yj7BvFrdWe0
यस्तै यदि यो बीमालेख खरिद गरेका बीमित दम्पती मध्ये कुनै एकको दुर्घटनाको कारणबाट मृत्यु हुन्छ भने दुईमध्ये एक जनाले बिमाको दुई गुणा रकम प्राप्त पाउँछ बिमाको किस्ता पनि तिर्नु पर्दैन । र बिमाको समाप्तिमा नगद र बोनस सुविधा प्राप्त गर्न सक्छ ।
यदि कुनै अवस्थामा श्रीमान् वा श्रीमती दुवै कहीँ कतै जाने क्रममा अपर्झट हुने भवितव्यको कारणबाट अर्थात् दुर्घटनाको कारणबाट दुवैको मृत्यु भएको अवस्थामा इच्छाएको व्यक्ति वा कानुनतः हकवालाले बिमा बीमाङ्कको दुई गुणा रकम र बोनस प्राप्त गर्न सक्छ ।
यसरी एउटै बीमा लेखबाट श्रीमान् र श्रीमती दुवै जनाको बीमा गर्न सकिने एउटै प्रिमियममा दुवै जनाको बराबर रिस्क कभर हुने यो बीमा योजना अत्यधिक आकर्षक छ । जुन नेपाल लाइफले मात्रै प्रदान गर्दै आएको छ । त्यस कारण जो दम्पतीहरू २० वर्षदेखि ५० वर्षभित्रको हुनुहुन्छ सम्पूर्णलाई नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बजारमा ल्याएको यो बिमा योजना खरिद गर्न म आग्रह गर्दछु ।






































