National life

एनआईसी एशिया लघुवित्तको नाफामा ३४६.४७% ले उछाल, यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१६ माघ २०८२, शुक्रबार
825Shares
एनआईसी एशिया लघुवित्तको नाफामा ३४६.४७% ले उछाल, यस्ता छन् अन्य सूचक
ncell

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा १ करोड ८८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे तीन गुणा अर्थात् ३४६.४७ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको दोस्रो त्रैमाससम्म संस्थाले ४२ लाख १४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी उल्लेखनीय रूपमा बढेको छ। खुद ब्याज आम्दानी ६४.६३ प्रतिशतले वृद्धि भई ५५ करोड १० लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ब्याज आम्दानी ३३ करोड ४७ लाख रुपैयाँ रहेको थियो। तर, शुल्क तथा कमिशनबाट हुने आम्दानी भने घटेको देखिन्छ। अघिल्लो वर्ष ३ करोड ५७ लाख रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी समीक्षा अवधिमा घटेर २१ लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ।

संस्थाले यस अवधिमा ४७ करोड ९३ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गर्दै ३ करोड ५९ लाख रुपैयाँ सञ्चालन मुनाफा हासिल गरेको छ। संस्थाको रिटेन्ड अर्निङ भने ३९ करोड २० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। यद्यपि, रिजर्भ ७७ करोड ६६ लाख रुपैयाँबाट बढेर ७७ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाले ग्राहकहरूबाट २ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १८ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। वितरणयोग्य मुनाफा पनि ३९ करोड २० लाख रुपैयाँले ऋणात्मक रहेको छ। यस अवधिमा खराब कर्जा अनुपात १३.३७ प्रतिशतबाट बढेर १७.३८ प्रतिशत पुगेको छ, जसले कर्जाको गुणस्तरमा दबाब देखाउँछ।

वित्तीय सूचकांकअनुसार संस्थाको प्रतिसेयर आम्दानी २.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,३१६.५३ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २५८.३६ गुणा तथा तरलता अनुपात २६.२१ प्रतिशत कायम रहेको छ।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?