काठमाडौं । एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । मंगलबार सम्पन्न बैंकको २९ औं वार्षिक साधारण सभाले प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ ।
यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश पाउने छन् ।
बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
बैंकको साधारण सभाले आ.व २०८०/८१ को लागिश्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।


































