National life
cg eloctronics

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ जेठ २०८२, मङ्गलबार
483Shares
एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा
ncell

काठमाडौँ । एभरेष्ट बैंकले वागमती प्रदेशको सिन्धुलीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले जिल्लाको कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको हो । योसँगै वागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त उक्त शाखाको उद्घाटन भएको थियो । सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका कर्मचारी लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

सो उद्धघाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर पोखरेलले बैंकको उपस्थितिसँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे । बैंकको सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका वासिन्दालाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गरे ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?