National life
cg eloctronics

एमबीएमा उत्कृष्ट हुने विद्यार्थीलाई म्यान–सिटिजन्स अस्पाइरिङ म्यानेजर अवार्ड दिइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ वैशाख २०८२, बिहिबार
874Shares
एमबीएमा उत्कृष्ट हुने विद्यार्थीलाई म्यान–सिटिजन्स अस्पाइरिङ म्यानेजर अवार्ड दिइने
ncell

काठमाण्डौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच म्यान–सिटिजन्स अस्पाइरिङ म्यानेजर अवार्ड स्थापना गर्ने सहमति भएको छ । आज म्यानको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहन राज ओझाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँको हुने जनाइएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुनेछ । बैंकले नै वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक राशि उपलब्ध गराउने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका पदाधिकारी सम्मिलित समितिले उत्कृष्ट विद्यार्थीको चयन गर्ने जनाइएको छ । उक्त पुरस्कार हरेक वर्षको माघ महिनामा म्यानको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने छ । यस कार्यले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

"बैंक अफ द ईयर २०२४" को उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । यसका साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत् नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न ६१ जिल्लामा रहेका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ८६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
874SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?