National life

एलआईसी नेपालको नाफामा उच्च वृद्धि, पहिलो त्रैमासमै १० करोड ८३ लाख आर्जन

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ कात्तिक २०८२, शुक्रबार
1.3kShares
एलआईसी नेपालको नाफामा उच्च वृद्धि, पहिलो त्रैमासमै १० करोड ८३ लाख आर्जन
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले  १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ७ करोड ८८ लाख रुपैयाँ नाफाभन्दा ३७.४७ प्रतिशतले बढी हो।

कोषीय संरचनामा पनि कम्पनीले सकारात्मक प्रगति प्रदर्शन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समीक्षा अवधिसम्म महाविपत्ति कोष ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, रिटेन्ड अर्निङ ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटी ३० करोड ९ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको तुलनामा यी सबै सूचकहरूमा वृद्धि देखिनु कम्पनीको आन्तरिक कोषीय क्षमता मजबुत बन्दै गएको सार्वजनिक विवरणमा उल्लेख छ ।

कम्पनीले जीवन बीमा कोषतर्फ समेत वृद्धि गरेको छ । चालु वर्षको असोजसम्म जीवन बीमा कोष १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँबाट १०.६४ प्रतिशतले वृद्धि भएको हो। बजार विस्तार, ग्राहकको विश्वास र बीमा कारोबारको स्थिर वृद्धिले जीवन बीमा कोषमा आएको बढोत्तरीलाई मजबुत बनाएको छ।

त्यस्तै, समीक्षा अवधिसम्म एलआईसी नेपालले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.९६ प्रतिशतले वृद्धि हो। त्यस्तै, खुद बीमाशुल्क ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भएको छ।

वित्तीय सूचकहरू हेर्दा कम्पनीको शेयरपुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। वार्षिकीकृत ईपीएस बढेर ७.८८ रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो ५.९८ रुपैयाँ मात्र थियो। त्यस्तै पी/ई रेसियो १००.८७ गुणा र प्रतिशेयर नेटवर्थ १८३.३२ रुपैयाँ कायम छ। समग्रमा, नाफा, बीमाशुल्क, बीमा कोष र कोषीय संरचना सबै क्षेत्रमा सकारात्मक वृद्धि हासिल गर्दै एलआईसी नेपालले पहिलो त्रैमासमा सुदृढ वित्तीय प्रदर्शन गरेको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?