काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बुधवारका दिन सार्वजनिक गर्ने तयारी गरेको छ। कुनै प्राविधिक समस्या नआएमा खण्डमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने भएको छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।
https://aarthikvoice.com/archives/37147
गत चैत १५ गतेदेखि सुरु भएको एसएईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसएमएसबाट हेर्न मिल्नेमा नेपाल टेलिकम (१६००), स्विफ्ट टेक्नोलोजी(३४५४५), जानकी टेक्नोलोजी प्रालि (३५००१), इजी सर्भिस प्रालि (३४९४९), आकाश टेक प्रालि (३१००३) रहेको छ । नेपाल टेलिकमको भने आईभीआर बाट समेत थाहा पाउन सकिने छ ।
त्यस्तै वेवसाइटबाट हेर्न चाहानेका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट, राष्ट्रिय परीक्षा बोर्ड सानोठीमिको वेवसाईट, नेपाल टेलिकमको वेवसाईट, स्विफ्ट टेक्नोलोजीको वेवसाईट, इडियु संजालको वेवसाइट, कान्तिपुर पब्लिकेशनको वेवसाइट रहेका छन् ।





































