National life

एसबिआई बैंकले गर्यो विद्यार्थीहरुका लागि स्कुल ब्यागसहित शैक्षिक सामाग्री बितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
538Shares
एसबिआई बैंकले गर्यो विद्यार्थीहरुका लागि स्कुल ब्यागसहित शैक्षिक सामाग्री बितरण
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लि. विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक बितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलाली स्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थहरुका लागि उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त सामाग्रीहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले विद्यालय व्यवस्थापन समिति अध्यक्ष, बसन्ती बलामी र प्रधानाध्यापक, जंग वहादुर तारामीलार्ई हस्तान्तरण गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भन्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल यो बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?