National life

औषधि प्याकिङको लेबलमा अनिवार्य रातो धर्का राख्न विभागकाे निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
905Shares
औषधि प्याकिङको लेबलमा अनिवार्य रातो धर्का राख्न विभागकाे निर्देशन
ncell

काठमाडौं । सरकारले औषधि प्याकिङको लेबलमा अनिवार्य रातो धर्का राख्न निर्देशन दिएको छ । सरकारले औषधिहरूमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको हाे । औषधि व्यवस्था विभागले सूचना जारी गर्दै यस्ताे निर्देशन दिएको हाे ।

विभागले प्रतिजैविक वर्गको औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिहरूमा अनिवार्य रुपमा प्याकिङको लेबलमा रातो धर्का राख्न सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विश्व स्वास्थ्य संगठनले तयार गरेको ‘ग्लोबल एक्सन प्लान’का आधारमा नेपालमा पनि राष्ट्रिय कार्ययोजना तयार गरिएको हो ।

विभागका महानिर्देशक नारायण प्रसाद ढकालका अनुसार प्रयोगकर्ता लगायत गैर स्वास्थ्यकर्मीले सजिलै पहिचान गर्न तथा सो सम्बन्धी चेतनामुलक सन्देश प्रवाह गर्न प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिइएको हाे ।

प्रतिजैविक औषधिहरूको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको विभागले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
905SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?