National life
cg eloctronics

कर्जा प्रवाहमा साढे १२ प्रतिशतको लक्ष्य अपुरै, कुन क्षेत्रमा कति प्रतिशत हिस्सा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
474Shares
कर्जा प्रवाहमा साढे १२ प्रतिशतको लक्ष्य अपुरै, कुन क्षेत्रमा कति प्रतिशत हिस्सा ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशतले बढी ।

साउनदेखि वैशाखसम्मको अवधिमा भएको कर्जा प्रवाह गत असारको तुलनामा भने ७.३ प्रतिशतले बढी हो। तर यो वृद्धिदर राष्ट्र बैंकले चालु वर्षका लागि साढे १२ प्रतिशतको लक्ष्य भन्दा निकै कम रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले राखेको साढे १२ प्रतिशतको लक्ष्य अनुसार चालु आवमा कूल ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्नेमा वैशाख मसान्तसम्म ३ खर्ब १४ अर्ब रुपैयाँ कम मात्र कर्जा प्रवाह भएको छ। बैंकिङ प्रणालीमा हाल औसतमा ५ खर्बभन्दा बढी रकम थुप्रिएको देखिन्छ भने ब्याजदर विगत ४७ महिनामै न्यून विन्दुमा छ।

चालु आवका लागि राष्ट्र बैंकले राखेको साढे १२ प्रतिशतको लक्ष्य अलि बढी महत्त्वाकांक्षी रहेको र सम्भवतः चालु वर्षको अन्त्यसम्म कुल कर्जा प्रवाह ९ प्रतिशत हाराहारीमा सीमित हुने अनुमान गरिएको छ।वैशाख मसान्तसम्म गैर वित्तीय संस्थागत क्षेत्रमा ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारतर्फ ३६.९ प्रतिशत कर्जा प्रवाह भएको छ।

वाणिज्य बैंकहरूको कर्जा प्रवाह ७.६ प्रतिशत, विकास बैंकहरूको ४.१ प्रतिशत र वित्त कम्पनीहरूको ६.५ प्रतिशतले बढेको छ। कर्जाको सुरक्षण आधारतर्फ हेर्दा कृषि तथा वस्तु सुरक्षण कर्जाको हिस्सा १४.६ प्रतिशत छ भने घरजग्गा धितो कर्जाको हिस्सा ६५.१ प्रतिशत रहेको छ।

nic asia capital

औद्योगिक उत्पादन क्षेत्रमा कर्जा ९ प्रतिशतले, निर्माण क्षेत्रमा १२.३ प्रतिशतले, सेवा क्षेत्रमा ७.९ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?