National life

कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड बढी रकम हिनामिना गरेका संस्थापक अध्यक्ष राय पक्राउ 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ जेठ २०८२, आइतबार
401Shares
कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड बढी रकम हिनामिना गरेका संस्थापक अध्यक्ष राय पक्राउ 
ncell

काठमाडौँ । बैंकको रकम हिनामिनाको आरोप लागेका कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्।

रायलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोप छ । आरोप लागेपछि फरार थिए। २०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रूपमा कार्यरत थिए।

Royal Enfield
nic asia capital

उनी यसबिचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए। रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

उक्त प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख नीरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएको प्रहरी जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
401SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?