National life

कामना सेवाको अन्तिम वित्तीय विवरण प्रकाशित, अधिकांश सूचकमा यसरी मार्यो फड्को

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ साउन २०८२, शुक्रबार
1.1kShares
कामना सेवाको अन्तिम  वित्तीय विवरण प्रकाशित, अधिकांश सूचकमा यसरी मार्यो फड्को
ncell

काठमाडौँ। कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१.८२ को चौथो त्रयमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिसम्ममा कुल रु ६३.५० अर्व निक्षेप संकलन गरि रु ५२.५५ अर्व कर्जा प्रवाह गरेको छ ।

Royal Enfield
nic asia capital
साथै, सोही अवधिसम्म बैंकले रु ९८.७० करोड संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको चौथो त्रयमाससम्मको वित्तीय विवरण वमोजिम पुँजीकोष अनुपात १३.२० प्रतिशत रहेको छ भने निष्कृय कर्जा ३.३८ प्रतिशत रहेको छ । बैंकको प्रकाशित वित्तीय विवरण वमोजिम मुख्य मुख्य सुचकाङ्कहरु निम्न वमोजिम रहेका छन् ।

देशभरका १३० वटा शाखा सञ्जालबाट अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले आ.व २०८१।८२ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकले तोकेको भन्दा समयमा नै प्रकाशन गरेको छ । बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्नको लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र वोर्डको स्विकृती पश्चात आवश्यक प्रकृया पुरा गरि शेयर जारी गर्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?