National life

कामना सेवा र पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सेवा सम्झौता, शुल्क एक रुपैयाँ मात्रै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
423Shares
कामना सेवा र पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सेवा सम्झौता, शुल्क एक रुपैयाँ मात्रै
ncell

काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेका छन् ।

उक्त सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल बैंकिङ एप भित्र रहेको इन्ष्टा फण्ड ट्रान्सफरमार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर (फण्ड ट्रान्सफर) गर्दा सेवा शुल्क वापत मात्र एक रुपैयाँ लाग्नेछ । यो योजना २०८० कार्तिक १ गतेदखि लागू भई पुस मसान्तसम्म लागु हुने समेत बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकवाट स्वीकृती लिई भुक्तानी सेवा प्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?