National life

कामना सेवा विकास बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढ्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
523Shares
कामना सेवा विकास बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढ्याे
ncell

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कामना सेवा विकास बैंकको नाफा घटेकाे छ । बैंकको नाफा २६.९३ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

बैंकले अघिल्लो आवको सोही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता १.७७ प्रतिशत रहेको छ । ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड ६२ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.३१ प्रतिशतबाट बढेर २.९८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ १४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?