काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनमा आएसँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरेर कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ । यस्तै कामना बैंकको स्मार्ट टेलर क्युआर प्रयोग गरेर अन्य बैंकको खाताको रकम पनि झिक्न सकिने छ ।
कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।






































