National life

कुमारी बैंकको नाफामा ८८६.५०% ले उछाल, सबै सूचकमा छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१५ माघ २०८२, बिहिबार
919Shares
कुमारी बैंकको नाफामा ८८६.५०% ले उछाल, सबै सूचकमा छलाङ्ग
ncell

काठमाडौँ। कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ । बैंकको खुद नाफा तीव्र गतिमा बढ्दै २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८६.५० प्रतिशतले बढी हो ।

कुमारी बैंकको नाफा २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा तीब्र गतिले बढेको हो।

Royal Enfield
nic asia capital
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २७ करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यसपालि नाफामा आएको उछालले बैंकको वित्तीय अवस्था मजबुत बन्दै गएको देखिएको छ ।

यसैगरी, बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २७.६५ प्रतिशतले वृद्धि हो । शुल्क तथा कमिशन आम्दानी पनि उल्लेख्य रूपमा बढ्दै १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा १ अर्ब २७ करोड रुपैयाँ थियो ।

अघिल्लो आवमा ३ अर्ब २७ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर हाल १ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । बैंकको रिटेन्ड अर्निङ २ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक रहे पनि रिजर्भमा भने १६ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ ।

बैंकले हालसम्म ग्राहकबाट ३ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा अनुपातमा पनि सुधार देखिएको छ । अघिल्लो आवमा ६.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ६.९२ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५१.१६ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ८.६३ गुणा तथा तरलता अनुपात ३६.८३ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
919SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?