National life

कुल बिमालेख संख्यामा ९.७ प्रतिशतले वृद्धि, एक खर्ब ९५ अर्ब कट्यो प्रिमियम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ भदौ २०८२, शुक्रबार
510Shares
कुल बिमालेख संख्यामा ९.७ प्रतिशतले वृद्धि, एक खर्ब ९५ अर्ब कट्यो प्रिमियम
ncell

काठमाडौँ । कुल बिमालेख संख्याको दायरा वृद्धि हुँदै आएको छ । गत जेठसम्म जारी भएको बिमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत वृद्धि भएको हो। गत जेठसम्म बिमालेख संख्या बढेर एक करोड ८४ लाख २५ हजार २३० पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जस अनुसार, वैदेशिक बिमालेख, म्यादी र लघु म्यादी बिमालेख तथा निर्जीवन बिमालेख समेत उल्लेख्य वृद्धि भएको छ। भने यता, जीवन बिमालेख सङ्ख्यामा भने कमी आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल बिमालेख संख्या एक करोड ६८ लाख २ हजार २४८ थियो ।

यसैगरी, बिमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशत बढेर एक खर्ब ९५ अर्ब चार करोड १६ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त रकम एक खर्ब ७० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ थियो।

यस अवधिसम्म जारी भएको म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बिमा लेखसहित बिमाको दायरामा आएको संख्या ४७.९५ प्रतिशत पुगेको विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त संख्या ४३.९५ प्रतिशत थियो ।

साथै, कुल बिमा लेखमध्ये जीवन बिमाको ८४.१ र निर्जीवन बिमाको हिस्सा १५.९ प्रतिशत छ। अघिल्लो वर्षको जेठसम्म यस्तो हिस्सा क्रमशः ८३.९ र १६.१ प्रतिशत थियो। यस अवधिको कुल बिमा प्रिमियम रकममा जीवन बिमा र निर्जीवन बिमातर्फको हिस्सा क्रमशः ७९.६ र २०.४ प्रतिशत कायम रहेको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?