National life

कृषि विकास बैंकले सुरु गर्यो नयाँ भर्जन एडिबीएल स्मार्ट मोवाईल बैंकिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
442Shares
कृषि विकास बैंकले सुरु गर्यो नयाँ भर्जन एडिबीएल स्मार्ट मोवाईल बैंकिङ
ncell

काठमाडौं । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिँदै नयाँ शुरुवात गरेको छ । डिजिटल्ली एडिबीएल भन्ने नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गरि रहेको छ । हिजोबाट यस बैंकको मोवाईल बैकिङ सिस्टम अपग्रेड गरेको जनाएको छ ।

यस बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक इन्टरफेस सहित मोवाईल बैंकिङको नयाँ भर्जन एडिबीएल स्मार्ट जारी गरेको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकको नयाँ भर्जन एडिबीएल स्मार्ट मोवाईल बैंकिङमा निम्न वमोजिमका सुविधाहरु रहने बैंकले जनाएको छ ।

मोवाईल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सिमा कायम हुने, बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्धती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको व्याजदर, कारोवार रकम तथा म्याचुरिटी डेट हेर्न सकिनेछ ।

विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोवार गर्न सकिने, मोवाईलको लेआउटमा पर्याप्त ध्यान दिई सेवाग्राहिका लागि सजिलो युजर इन्टरफेस तयार गरिएको, ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी कस्टमर फिडबयाक सम्वन्धि व्यवस्था गरिएको जनाएको छ ।

कारोवारको डिस्प्युट लज गर्न सकिने, बैंकले उपलब्ध गराएको डेविट कार्ड हराएमा वा चोरी भएमा मोवाईल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिने, डेविट कार्डको पिन विर्सेमा पुनः अनुरोध गर्न सकिने, चेक वुक तथा बैंक विवरण अनुरोध गर्न सकिने, वचत खातामा भएको रकमबाट मुद्धती खाता खोल्न सकिनेछ ।

त्यस्तै, रजिष्ट्रेशन गर्दाका वखत नै विभिन्न प्रश्नहरु सेट गरी मोवाईल बैंकिङ कारोवारलाई थप सुरक्षीत गर्न सकिने, टु वे अथन्टिकेसन गरी कारोवारको सुरक्षा गर्न सकिने, खातावालाको प्रोफाइल, खाताको विवरण, कारोवारको विवरण लगायत अन्य क्विक पेमेन्ट्स सम्वन्धि फिचर्सहरु थप भएको, बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको, विभिन्न मर्चेण्टहरुको विल भुक्तानी गर्न सकिने, अनलाइन अकाउण्ट, व्याजदर, व्रान्च नेटवर्क लगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने, रजिष्टरर्ड मोवाइलबाट ग्राहकले मोवाईल बैंकिङ सेवा वन्द गर्न चाहेमा ब्लक लेखि ३२४२५ मा एसएमएस पठाएर सेवा रोक्का गर्न सकिने बैंकले जनाएको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?