काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि बैंक बाहिरका विज्ञको संयोजकत्वमा ३ सदस्यीय सुझाव उपसमिति गठन गरेको छ । पूर्वनिर्देशक समेत रहेका धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा.रेवतबहादुर कार्कीको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।
उपसमितिमा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत भुवन दाहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल समितिका सदस्य सचिव तोकिएका छन्।
राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा.विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो।
समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न समय सीमा तोकिएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाकालदेखि नै बैंकहरुको सञ्चालनको अनुमति दिने, नियमन तथा सुपरिवेक्षण गर्ने र बैंकिङ क्षेत्रको विकास र सुधार गर्ने कार्य गरिआएको दाबी गर्ने गरेको छ ।


































