काठमाडौँ । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले सरकारी खर्च जोगाउन सरकारी कार्यालयमा कार्यक्रम गराउने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा भएको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले तारे हाेटल नगई चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम गराउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
उनले भने, 'सरकार निकायहरूका कार्यक्रमहरू गर्न तारे हाेटल नै जानुपर्छ भन्ने छैन । चिया बिस्कुट खाएर सरकारी कार्यालयमै पनि गर्न सकिन्छ ।'
सांसद मैनालीले मधेसमा खानेपानी समस्या चर्को रूपमा उठेको बताउँदै खानेपानी योजनाहरूमा ९५% सम्म भ्रष्टाचार हुने गरेको भन्दै चिन्ता व्यक्त गरे ।
सांसद मैनालीले चाबहिलमा मालपोत कार्यालयको भवन बनिसकेको तर मासिक ५ लाख भाडा तिरेर कार्यालय चलाइरहेको बताउँदै कसले सरकारी भवनमा फर्काउने होला भन्दै प्रश्न गरे ।

































