सामसुङको सबैका लागि AI भन्ने सोचमा नयाँ कदम !
- नयाँ ग्यालेक्सी A सिरिजका स्मार्टफोनहरूले पहिलो पटक ‘असम इंटेलिजेन्स' र उन्नत क्यामेरा विशेषताहरू लिएर आएका छन्।
यसका साथै, परिस्कृत टिकाउपनका साथै सुरक्षा र गोपनीयता जस्ता थप विशेषताहरुले प्रयोगकर्तालाई सुरक्षित र दीर्घकालीन मोबाइल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी A56 र A36 अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी A26 अप्रिलको पहिलो साताबाट बजारमा आउनेछ जस्ले ग्राहकहरुलाई धेरै बिकल्पहरु प्रदान गर्ने छ ।
सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापित ले भन्नु भयो “नयाँ ग्यालेक्सी सिरिज फोनहरुले ग्यालेक्सीको अविश्वसनीय मोबाइल AIको अनुभवलाई ठुलो दर्शक माझ ल्याएर, सबैका लागि AI भन्ने हाम्रो सोच तर्फ एउटा महत्वपुर्ण पाईला सारेको छ ।
यि अद्भुत नयाँ सुविधा र क्षमताहरुले सृजन्शिलता बढाउने मात्र नभइ, सुरक्षित, बिश्वस्निय र रमाईलो मोबाइलको अनुभव पनि प्रदान गर्नेछ ।
उन्नत खोज र सृजन्शिलताका लागि असम इंटेलिजेन्स
असम इंटेलिजेन्स, ग्यालेक्सी A56 5G, A36 5G र A26 5G मा विशेष उपलब्ध मोबाइल AI हो, जसले प्रयोगकर्तालाई शक्तिशाली, रमाइलो र सजिलो AI टुल्स प्रदान गर्दछ । One UI 7 द्वारा सञ्चालित, यस असम इंटेलिजेन्सले प्रयोगकर्ताहरूलाई अझ राम्रो खोजी र भिजुअल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी A सिरिजका फोनहरुमा अघिल्लो वर्ष अत्ति चर्चित गुगलको ‘सर्कल टु सर्च' विशेषता अब थप उन्नत भई फोन स्क्रिनबाट सजिलै खोज्न मिल्ने भएको छ । अब, ‘सर्कल टु सर्च'ले स्क्रिनमा देखिएको नम्बर, इमेल ठेगाना, वा URL सजिलै पहिचान गर्न सक्छ, जस्ले गर्दा प्रयोगकर्ताले एक ट्यापमा नै कार्य पुरा गर्न सक्छ ।
अब, 'सर्कल टु सर्च' ले गीतहरू पनि तत्काल पहिचान गर्न सक्छ। सामाजिक सञ्जाल वा वरपर बजिरहेको गीतलाई सजिलै चिन्नका लागि नेभिगेसन बार लामो प्रेस गरेर 'म्यूजिक बटन' ट्याप गर्दा गीतको नाम र कलाकार तुरुन्तै देखाइनेछ ।
ग्यालेक्सी A सिरिजमा अब थप उत्कृष्ट सर्जक केन्दृत क्यामेरा प्रविधि समावेश छ। सबै डिभाइसहरूमा 50MP मुख्य क्यामेरा दिइएको छ, साथै ग्यालेक्सी A56 5G र A36 5G मा 10-bit HDR फ्रन्ट क्यामेरा छ, जसले उज्यालो र स्पष्ट सेल्फी लिन सकिन्छ। ग्यालेक्सी A56 5G मा 12MP अल्ट्रा-वाइड लेन्स दिइएको छ ।
'बेस्ट फेस' विशेषता ग्यालेक्सी A56 5G मा मात्र उपलब्ध छ, जसले समूह फोटोहरूमा सबैको उत्कृष्ट अभिव्यक्ति छनोट गरी उत्तम तस्बिर बनाउँछ। 'नाइटोग्राफी' प्रविधिको सुधारसँगै, ग्यालेक्सी A56 5G मा 12MP सेल्फी क्यामेरामा 'लो न्वाइज मोड' थप गरिएको छ, जसले न्यून प्रकाशमा अझ राम्रो फोटो खिच्न मद्दत गर्दछ।
Galaxy A56 5G, Galaxy A36 5G, र Galaxy A26 5G मा Object Eraser सुविधा उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई फोटोबाट अनावश्यक वस्तुहरू हटाउन मद्दत गर्दछ। चाहे त्यो अनपेक्षित व्यक्तिहरू हुन् या ध्यान भंग गर्ने छायाँहरू, प्रयोगकर्ताहरूले वस्तुहरूलाई म्यानुअली वा स्वचालित रूपमा मेटाउन सक्छन्, र केही ट्यापहरूमा सफा र परिष्कृत फोटो प्राप्त गर्न सक्छन् । त्यस्तै गरी, Filters ले प्रयोगकर्ताहरूलाई मोबाइलमा भएको फोटोहरूबाट रंग र शैलीहरू निकालेर आफ्नै फिल्टरहरू बनाउन मद्दत गर्दछ ।
उच्चतम् डिस्प्ले र सफ्टवेयर अपग्रेडका साथ बढि टिकाउ
ग्यालेक्सी A सिरिजमा अब ६ पुस्तासम्मको एन्ड्रोइड OS र One UI अपडेट उपलब्ध हुनेछ, साथै ६ वर्षसम्म सुरक्षा अपडेटहरू दिइनेछ । यस्ले मोबाइलको जीवनचक्रलाई लामो बनाउनुका साथै ग्राहकहरुलाई धेरै बर्ष सम्म सरल तरिकाले भरपर्दो मोबाइलको अनुभव प्रदान गर्नेछ । ग्यालेक्सी A56 5G र A36 5G मा 6.7 इन्च FHD+ सुपर AMOLED डिस्प्ले समावेश गरिएको छ, जसको ब्राइटनेस 1200 निट्ससम्म पुग्न सक्छ। स्टेरियो स्पिकरले ध्वनि अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।
नयाँ ग्यालेक्सी A सिरिजमा 5000mAh ब्याट्री समावेश गरिएको छ, जस्ले पुरै दिनको दिन चरियालाई साथ दिन्छ । ग्यालेक्सी A56 5G र A36 5G ले 45W चार्जिङ पावर र सुपर-फास्ट चार्जिङ 2.0 समर्थन गर्छन जस्ले गर्दा धेरै लामो समय सम्म मोबाइल चलाउन साकिन्छ ।
ग्यालेक्सी A56 मा 5G Exynos 1580 चिपसेट र ग्यालेक्सी A36 5G मा Snapdragon® 6 Gen 3 प्रोसेसर प्रयोग भएको छ । दुबै मोबाइलहरुमा शक्तिशाली ठुलो भेपर च्याम्बर प्रयोग भएकोले, गेम खेल्न, लामो समय भिडियो हेर्न र मल्टिटास्क गर्न सजिलो भएको छ ।
शक्तिशाली Performance र टिकाउपन
सुरक्षा र गोपनीयताको उच्च स्तर
मूल्य र उपलब्धता
| डिभाइस | RAM/Storage | रंगहरू | मूल्य (NPR) |
| Galaxy A56 5G | 12 GB / 256 GB | Awesome Graphite, Light Grey, Olive | 70,999 |
| 8 GB / 256 GB | 65,999 | ||
| Galaxy A36 5G | 12 GB / 256 GB | Awesome Black, White, Lime | 59,999 |
| 8 GB / 256 GB | 54,999 | ||
| 8 GB / 128 GB | 48,999 | ||
| Galaxy A26 5G | 8 GB / 256 GB | Awesome Black, White, Light Green | 45,999 |
पुरानो फोन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूले 'सबकोफोन' वा 'Arkostore' मार्फत आफ्नो पुरानो स्मार्टफोन साट्न सक्नेछन्।





































