National life

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक,मुद्दती निक्षेपमा ११.८९६ प्रतिशतसम्मको ब्याजदर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३२ साउन २०८०, बिहिबार
499Shares
ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक,मुद्दती निक्षेपमा ११.८९६ प्रतिशतसम्मको ब्याजदर
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो ।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले रेमिटेन्स बचतमा भने ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्याएको छ । यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?