National life
cg eloctronics

चालूपुँजी कर्जामा राष्ट्र बैंकको लचकता, भुक्तानी अवधि २०८४ असारसम्म लम्ब्याइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
537Shares
चालूपुँजी कर्जामा राष्ट्र बैंकको लचकता, भुक्तानी अवधि २०८४ असारसम्म लम्ब्याइयो
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंक चालु पुँजी कर्जा र निर्देशित कर्जामा लचक भएको छ। अर्थतन्त्र चलायमान हुने अपेक्षामा केन्द्रीय बैंकले दुवै पक्षलाई सहज गरेको हो ।

परिस्थितिवश समस्यामा परेका ऋणीलाई थप राहत दिँदै राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन (दोस्रो संशोधन सहित) २०७९ को बुँदा १०.१८ को खण्ड (ख) मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ व्यवस्थाअनुसार, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागू हुनु पूर्व अर्थात् २०७९ सालको कात्तिक १ गतेअघि प्रवाह भएका कर्जामध्ये मार्गदर्शनले तोकेको सीमाभन्दा बढी रकम भएका कर्जालाई सन् २०८४ असार मसान्तसम्म समान आवधिक किस्तामा भुक्तान हुने गरी तालिका बनाई असुल गर्न पाइनेछ ।

यसअघि २०७९ मा जारी गरिएको मार्गदर्शनमा यस्तो कर्जा समायोजनको भुक्तानी अवधि २०८२ असार मसान्तसम्म मात्र सीमित गरिएको थियो । साथै, उक्त अवधिमा चरणबद्ध रूपमा- अर्थात् १० प्रतिशत , २० प्रतिशत, २० प्रतिशत, २० प्रतिशत र अन्ततः ३० प्रतिशत—कर्जा भुक्तानी गर्नुपर्ने व्यवस्था थियो। अब भने नयाँ संशोधनअनुसार ऋणीले बाँकी रकमलाई समान किस्तामा तिर्न सक्नेछन् र समय दुई वर्ष थपिएको छ ।

पछिल्लो समयमा केन्द्रीय बैकले कर्जामा कडाइ गरेका कारण अर्थतन्त्रले गति लिन नसकेको आरोप लाग्दै आएको समयमा नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेल कर्जा सम्बन्धी व्यवस्थाहरूमा लचिलो बनेका हुन् ।

तर, यस्तो कर्जामा यस अघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता गर्न पाइने छैन । यसरी गरिएको कर्जा समायोजनलाई वर्गीकरण तथा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण वा पुन संरचना मानिने छैन ।

यसअघि जारी गरिएको प्रावधानअनुसार, कर्जाको अवधि, भुक्तानी तालिका तथा किस्ता रकम परिवर्तन गर्न नपाइने र समयअलावै चुक्ता गर्दा कुनै अग्रिम भुक्तानी शुल्क लिन नपाइने स्पष्ट व्यवस्था गरिएको थियो, जुन यस संशोधनमा पनि यथावत् राखिएको छ ।

राष्ट्र बैंकको यो निर्णयले विशेषतः ती व्यावसायिक ऋणीहरूलाई राहत दिनेछ, जसको चालू पुँजी कर्जा सीमा मार्गदर्शनभन्दा बढी थियो र तत्काल किस्ता तिर्ने सक्ने स्थिति थिएन । यसले बैंक तथा वित्तीय संस्थालाई पनि कर्जा असुलीको प्रक्रियामा स्पष्टता ल्याउनेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?