काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योग्यताको आधारमा राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने भन्दै आफ्नो पक्षबाट कुनै क्याण्डिडेट नभएको बताएका छन्। आज काठमाडौँमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यता क्रमका आधारमा नियुक्ति गर्ने पक्षमा आफू रहेको धारणा राखेका छन् ।
''राष्ट्र बैंकको गभर्नरमा मेरो क्याण्डिडेट कोही पनि छैन। आफ्नो भन्ने केही पनि छैन।
टिआरसीमा, डिसापियर कमिसनमा मेरो आफ्नो उम्मेदवार होइन, छैन। तिनका अध्यक्ष कतै पनि मेरो भन्ने होइनन्। एउटासँग मेरो देखभेट पनि भएको छैन। नाम सुनेको थिएँ, बिर्सिएँ। एउटासँग मुख्यसचिव भएर काम गरेको हुनाले मैले चिनेको हुँ। कामु मुख्यसचिव हुँदा पहिलो पटक भेटेको हो, चिनेको हो, उनले भने,
प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको बताए।

































