काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्रमा आवेदन दिने आज जेठ २२ गते बिहीबारका दिन अन्तिम मौका रहेको छ। उक्त ऋणपत्रमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो ।
बाँकी २० लाख इकाईमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमध्ये १ लाख इकाई ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्टाइएको छ । ९निफ्रा० ले ७ वर्ष अवधिको ‘६ प्रतिशत निफ्रा ऊर्जा ऋणपत्र २०८८–८९” नामको ऋणपत्र निष्कासन गरेको हो ।
यसमा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ । यस ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


































