नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित आयोजना गरिएको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ । उक्त लक्की ड्र कार्यक्रम जुत्ता चप्पल दशैं महोत्सव आयोजना गरिएको स्थान जावलाखेल फुटबल मैदानमा एक कार्यक्रम बिच घोषणा गरिएको हो ।
यस लक्की ड्र का विजेता कुपन नं. २३९९८ को मिरा तिवारी ज्यु ले बम्पर उपहार स्वरुप रु. २२,००० बराबरको खसी प्राप्त गर्नुभयो ।

बम्पर उपहारको दोश्रो विजेता मेलाको अन्त्यमा घोषणा गरिने आयोजकको भनाई रहेको छ । दोश्रो विजेताले पनि बम्पर उपहार स्वरुप रु. २२,००० बराबर खसी प्राप्त गर्नेछन । विजेताहरुलाई नियमअनुसार कर कट्टी गरी रकम हस्तान्तरण गरिनेछ । महोत्सव यहि असोज १० गतेदेखि भव्य रुपमा चलिरहेको छ भने नेपाली ब्राण्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरु ५०५ सम्मको आकर्षक छुटमा खरिद गर्न सकिने छ ।
महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ ।




































