National life

जीवन बिमा कम्पनीहरूको नाफामा सुधार, समग्रमा कसको अवस्था कस्तो छ ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
560Shares
जीवन बिमा कम्पनीहरूको नाफामा सुधार, समग्रमा कसको अवस्था  कस्तो छ ? (सूचिसहित)
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बिमा कम्पनीहरूको नाफा ४ अर्ब ८८ करोड ७२ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीहरूले ४ अर्ब ३६ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।  गत वर्षको तुलनामा कम्पनीहरूको नाफा ११.९३ प्रतिशतले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समग्रमा कम्पनीहरुको मुनाफा ८.८५ प्रतिशतले वृद्धि भएको छ । जीवन बिमा कम्पनीहरूले नाफासँगै बिमा शुल्क, लगानी तथा कर्जा शीर्षकबाट हुने आम्दानी समेत बढाएका छन्। यस आधारमा पुँजी वृद्धिसँगै मुनाफा समेत बढाउन बिमा कम्पनीहरू सफल भएको छन् ।

हाल नेप्सेमा १३ जीवन बिमा कम्पनीहरू सूचीकृत छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र चुक्ता पुँजी १२.६९ प्रतिशतले बढेर ६० अर्ब ४९ करोड ८० लाख ४० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यस अवधिमा यी कम्पनीहरूको चुक्ता पुँजी ५३ अर्ब ६८ करोड ४६ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा जीवन बिमा कम्पनीहरूको रिटेन्ड अर्निङ २१.०९ प्रतिशतले घटेर १० अर्ब ९० करोड ६९ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यस अवधिमा यी कम्पनीहरूको रिटेन्ड अर्निङमा १३ अर्ब ८२ करोड २६ लाख ९९ हजार रुपैयाँ थियो ।

सबैभन्दा धेरै रिटेन्ड अर्निङ लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) रहेको छ। यसको रिटेन्ड अर्निङमा ३ अर्ब ३७ करोड ३९ लाख ६४ हजार रुपैयाँ छ । बिमा कम्पनीहरूको खुद बिमा शुल्क आर्जन १२.२६ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब ८८ करोड ५२ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको यस अवधिमा यी कम्पनीहरूले ९५ अर्ब २१ करोड २१ लाख १५ हजार रुपैयाँ आर्जन गरेका थिए । सबैभन्दा धेरै खुद बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसले ३२ अर्ब ५० करोड ७२ लाख ९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एसियन लाइफ इन्सुरेन्सको रहेको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९० पैसाले बढेर १३ रुपैयाँ १३ पैसा पुगेको छ । त्यस्तै, सन नेपाल लाइफको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०७ पैसा र नेसनल लाइफको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४९ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?