National life

जीवन बीमा कम्पनीले गरे ११.५७ अर्ब दाबी भुक्तानी, दाबी संख्या ५८ हजार बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1.1kShares
जीवन बीमा कम्पनीले गरे ११.५७ अर्ब दाबी भुक्तानी, दाबी संख्या ५८ हजार बढी
ncell

काठमाडौँ । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म तीन महिनाको अवधिमा ११ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार, इजाजत प्राप्त १७ कम्पनी (तीन लघु जीवन बीमक र १४ जीवन बीमक) ले उक्त रकम भुक्तानी गरेका हुन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६३ प्रतिशतले वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, भुक्तानी गरिएको दाबीको संख्या ५८ हजार ८६३ पुगेको छ, जुन गत वर्षको पहिलो त्रैमासको तुलनामा १७.१३ प्रतिशतले बढी हो। भुक्तानीमा लघु म्यादी, वैदेशिक रोजगारी म्यादी, परिपक्व दाबी, बीमाशुल्क छुट सुविधा र अपांगता क्षतिपूर्तिसहितका दाबीहरू समावेश छन्।

गत वर्षको पहिलो त्रैमासमा दाबी भुक्तानी रकम १७.५२ प्रतिशतले वृद्धि भएको थियो भने दाबी संख्या ६.०१ प्रतिशतले बढेको थियो। नेपाल बीमा प्राधिकरणका अनुसार, हालसम्म ५७ हजार ३२१ वटा दाबी र तिनसँग सम्बन्धित ४ अर्ब ९१ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?