National life

जीवन बीमा कम्पनीहरूले गरे ३५ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन, कुनले कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.3kShares
जीवन बीमा कम्पनीहरूले गरे ३५ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन, कुनले कति ? 
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का दुई महिनामा बीमा कम्पनीहरुले ४४ अर्ब २८ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार, १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लघु जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले भदौसम्म यो रकम संकलन गरेका हुन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरुले ३८ अर्ब १ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यसअनुसार, चालु आवमा बीमा कारोबार १६.४९ प्रतिशतले बढेको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जीवन बीमा कम्पनीहरुको अवस्था

चालु आर्थिक वर्षको भदौसम्म जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १९.३४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष भदौसम्म जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष भदौसम्म प्रथम जीवन बीमाशुल्क ५ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ र नवीकरण बीमाशुल्क २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ थियो।

 

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ५९ लाख ३६ हजार ७७१ पुगेको छ। अघिल्लो वर्षको भदौसम्म सक्रिय बीमालेख संख्या १ करोड ३७ लाख ८४ हजार ८८ थियो, जसमा १५.६२ प्रतिशत वृद्धि भएको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?