National life

जीवन बीमा कम्पनीहरूले गरे साढे ७८ अर्ब बढी दाबी भुक्तानी, नेपाल लाइफ र एलआईसीको अग्रता 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ भदौ २०८२, बुधबार
1.1kShares
जीवन बीमा कम्पनीहरूले गरे साढे ७८ अर्ब बढी दाबी भुक्तानी, नेपाल लाइफ र एलआईसीको अग्रता 
ncell

काठमाडौँ।  गत आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कम्पनीहरूले साढे ७८ अर्ब रुपैयाँ बढी बीमा दाबी भुक्तानी गरेका छन्।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले गत आवको असार मसान्तसम्म कुल ७८ अर्ब ७१ करोड १ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेका हुन्। यो अघिल्लो आव २०८०र८१ को सोही अवधिको तुलनामा १९.२० प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो आवको सोही अवधिसम्म १४ वटा कम्पनीहरूले ६६ अर्ब ४ करोड २१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेका थिए । जीवन बीमा कम्पनीहरूमा सबैभन्दा बढी बीमा दाबी भुक्तानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।

गत आवमा कम्पनीले १९ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २८.०१ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

त्यस्तै, दोस्रो स्थानमा रहेको एलआईसी नेपाल रहेकोले गत आवमा १२ अर्ब ५९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। यो अघिल्लो आवको तुलनामा १५.५९ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० अर्ब ८९ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा ११ अर्ब ७ करोड १२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.९४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ३२ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

साथै, गत आवमा हिमालयन लाइफ इन्स्योरेन्सले ७ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.४३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ अर्ब ९९ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

त्यस्तै, गत आवमा राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७७ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ अर्ब २५ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

यस अवधिमा एशियन लाइफ इन्स्योरेन्सले ६ अर्ब १८ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.६० प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ६६ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आवमा ३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८.९१ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

त्यस्तै,मेट लाइफ इन्स्योरेन्सले २ अर्ब ९४ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८.९४ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३ अर्ब २३ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

यता, सिटिजन लाइफ इन्स्योरेन्सले गत आवमा १ अर्ब ९१ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४.५८ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ८२ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आवमा ११ अर्ब ७ करोड १२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ३२ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

साथै गत वर्षमा सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २७.९९ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा १ अर्ब ४३ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

बाकी रहेको आइएमई लाइफ इन्स्योरेन्सले गत आवमा १ अर्ब २८ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २.८९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब २४ करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आवमा १ अर्ब १५ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७.०१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ७ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?