National life

जीवन बीमा बजारमा तीव्र प्रतिस्पर्धा, कात्तिकसम्म ६२ अर्ब २२ करोड बीमा शुल्क आर्जन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१५ मंसिर २०८२, सोमबार
954Shares
जीवन बीमा बजारमा तीव्र प्रतिस्पर्धा, कात्तिकसम्म ६२ अर्ब २२ करोड बीमा शुल्क आर्जन
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म जीवन बीमा कम्पनीहरूले ६२ अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ठूला जीवन बीमा कम्पनी मिलेर कुल ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन्।

प्राधिकरणका अनुसार उक्त अवधिमा जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ९० हजार ४६५ बीमालेख जारी गरेका छन्। यो आर्जनगत आर्थिक वर्षको समान अवधि (कात्तिक मसान्त) को तुलनामा १६.५३ प्रतिशत ले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष यही अवधिमा उद्योगले जम्मा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो।

नेपाल लाइफ अग्रस्थानमा

कात्तिक मसान्तसम्म सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले मात्र १७ अर्ब ९२ लाख रुपैयाँ आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। त्यस्तै नेशनल लाइफले ७ अर्ब ४७ करोड ३० लाख, एलआईसी नेपालले ६ अर्ब ४६ करोड ८९ लाख, हिमालयन लाइफले ५ अर्ब ६४ करोड ७ लाख र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

अन्य कम्पनीहरु

सोही अवधिमा सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड ५ लाख, एशियन लाइफले २ अर्ब ९९ करोड ५० लाख, सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख, मेटलाइफले २ अर्ब ९ करोड ४१ लाख, आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख र सन नेपाल लाइफले १ अर्ब ३० करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
954SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?