काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको निर्जीवन बीमा कम्पनीहरूले असोज २३ गतेसम्म कूल दाबी रकममध्ये करिव रू १ अर्ब ५८ करोड ५६ लाख बीमितहरूलाई अग्रिम भुक्तानी गरिसकेका छन् ।
१४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
यस अवधिमा सबैभन्दा बीमा रकमको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। कम्पनीले ३९१ वटा दाबीको ५ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
यसैगरी दोस्रोमा ओरिएन्टल इन्स्योरेन्समा धेरै दाबी परेको छ। यो कम्पनीले ९७ वटा दाबीको ५ अर्ब २४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले ५ लाख ७० हजार रुपैयाँमात्रै भुक्तानी गरेको छ।
तेस्रोमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २०४ वटा दाबीको २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँको दावी परेको छ। हालसम्म कम्पनीले ३० करोड ४३ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।
यस्तै ,शिखर इन्स्योरेन्समा ४३१ वटा दावी बापत कुल दुई अर्ब ४० करोड ८६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । जसमा हालसम्म कम्पनीले ३१ करोड ९४ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।
यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३३४ वटा दावी बापत एक अर्ब ६० करोड ४८ लाख रुपैयाँको कुल बीमा दावी परेको छ । कम्पनीले हालसम्म ८६ लाख रुपैयाँ भुक्तानी वितरण गरिसकेको छ ।
नेको इन्स्योरेन्समा २५६ वटा दावी बापत एक अर्ब १५ करोड ४१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले सात करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्समा २८९ वटा दावी बापत एक अर्ब चार करोड ४५ लाख रुपैयाँको बीमा दावी परेको छ । जसमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरिसकेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार सानिमा जिआईसी इन्स्योरेन्सले दुई लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले एक करोड ७१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले चार करोड ७५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले नौ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।






































