National life

जेनजी आन्दोलनको क्षतिमा २० अर्ब बढीको बीमा दाबी, कुन कम्पनीमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असोज २०८२, बिहिबार
526Shares
जेनजी आन्दोलनको क्षतिमा २० अर्ब बढीको बीमा दाबी, कुन कम्पनीमा कति ?
ncell

काठमाडौं । गत भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनका कारण बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार भदौ ३१ गतेसम्म देशभरिबाट १,९८४ वटा दाबी दर्ता भएका छन् ।

बीमा दाबीमध्ये सबैभन्दा बढी द ओरियण्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ४० वटा दाबीमार्फत पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँको दाबी दर्ता भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही क्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा २५८ वटा दाबी दर्ता भई चार अर्ब ९३ करोड २२ लाख रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ ।

शिखर इन्स्योरेन्स तेस्रो स्थानमा छ, जहाँ ३६६ वटा दाबीमार्फत दुई अर्ब ३९ करोड चार लाख रुपैयाँ दाबी भएको छ । त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबीमार्फत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबीमार्फत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबीमार्फत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणले जनाएको छ ।

नेको इन्स्योरेन्समा ४० वटा दाबी दर्ता भई एक अर्ब नौ करोड ५३ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दाबीमार्फत ७८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबीमार्फत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबीमार्फत ४८ करोड ५१ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्समा ७९ वटा दाबीमार्फत ४६ करोड ९४ लाख रुपैयाँ दाबी भएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्समा १५१ वटा दाबीमार्फत ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा ६९ वटा दाबीमार्फत १९ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दाबीमार्फत ६ करोड ८२ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

माइक्रो इन्स्योरेन्स कम्पनीहरूमा समेत आन्दोलनको प्रभाव परेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दाबीमार्फत एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा छ वटा दाबीमार्फत ६७ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दाबीमार्फत ५६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्समा आठ वटा दाबीमार्फत ४२ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।

प्राधिकरणले जेन–जी आन्दोलन प्रभावितलाई राहत दिन छरितो भुक्तानी प्रक्रियाका लागि बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । साथै सक्दो चाँडो विवरण संकलन गरी बीमा दाबी भुक्तानी गर्न सहजीकरण गरिएको जनाएको छ ।































































































































क्र.संबीमकदाबी संख्यादाबी रकम (रु.)
1दि. ओरियण्टल इ. क. लि.40५,१४,७९,१५५,०००.००
2सिद्धार्थ प्रिमियर इ. लि.258४,९३,२२,२२,९८,५००.००
3शिखर इ. क. लि.366२,३९,०४,७३,५४,५७.०५
4आइजिआई प्रुडेन्सियल इ. क. लि.24१,५९,०६,८०,५००.००
5सगरमाथा लुम्बिनी इ. लि.233१,४७,५५,३१,६६६.००
6हिमालयन एभरेष्ट इ. लि.196१,१५,६२,८२,३७९.२६
7नेको इ. लि.40१,०९,५३,५६,२०७.००
8सानिमा जिआइसी इ. लि.129७८,९३,५३,८००.००
9राष्ट्रिय बीमा कम्पनी लि.172४९,५१,००,०००.००
10युनाइटेड अजोड इ. लि.170४८,५१,४५,३६०.००
11नेपाल इ. क. लि.79४६,९४,१४,०००.००
12एनएलजी इ. क. लि.151३८,५८,२९,०००.००
13प्रभु इ. लि.69१९,१८,००,०००.००
14नेशनल इ. क. लि.19६,८२,००,०००.००
15प्रोटेक्टिभ माइक्रो इ. क. लि.9१,१३,२२,५००.००
16स्टार माइक्रो इ. क. लि.6६,७०,५४०.००
17नेपाल माइक्रो इ. क. लि.15५,५३६,०००.००
18ट्रस्ट माइक्रो इ. क. लि.8४,२००,०००.००
जम्मा1984२०,७०३,३८,४८,६७२.३०

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?