National life

जेनजी आन्दोलन क्षति : ३ हजारभन्दा बढी बीमा दाबी, ५ अर्ब ४८ करोड भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१७ पुस २०८२, बिहिबार
873Shares
जेनजी आन्दोलन क्षति : ३ हजारभन्दा बढी बीमा दाबी, ५ अर्ब ४८ करोड भुक्तानी
ncell

काठमाडौं। जेन*जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानी प्रक्रिया अघि बढ्दै गएको छ। निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार ३१६ वटा बीमा दाबीमध्ये हालसम्म अग्रिम भुक्तानीसहित करिब ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिएको छ।

बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार जेनजी आन्दोलनका कारण परेको कूल दाबी रकम करिब २३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। प्राधिकरणमा अद्यावधिक विवरण बुझाएका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमार्फत भुक्तानी प्रक्रिया अगाडि बढाइएको हो।

Royal Enfield
nic asia capital

तथ्याङ्कअनुसार, सम्पत्ति बीमातर्फ कूल ७१२ वटा दाबी परेको छ, जसको कूल दाबी रकम करिब १९ अर्ब ५ करोड रुपैयाँ रहेकोमा हालसम्म करिब ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। त्यस्तै, मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा दाबीमध्ये करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँ दाबी रकम रहेकोमा करिब १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा दाबीबाट करिब ५५ करोड ३९ लाख रुपैयाँ दाबी रकममध्ये करिब ८ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरिएको छ। परिवहन बीमातर्फ कूल १२ वटा दाबीमध्ये करिब १ करोड ६९ लाख रुपैयाँ दाबी रकम रहेकोमा करिब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। त्यसैगरी, अन्य बीमातर्फ कूल ४५ वटा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये अग्रिम भुक्तानीसहित करिब ५ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

पुनर्बीमाबाट ३ अर्ब २ करोड भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीलाई सहज बनाउन नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसहित करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी गरेको छ। नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबी परेका छन्, जसको कूल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्कले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
873SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?