National life

जेनजी प्रदर्शन : बीमा कम्पनीमा हिजोसम्म २३ अर्बभन्दा बढीको दाबी, कुनमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
1KShares
जेनजी प्रदर्शन : बीमा कम्पनीमा हिजोसम्म २३ अर्बभन्दा बढीको दाबी, कुनमा कति ?
ncell

काठमाडौं । हालै भएको जेनजी प्रदर्शनका क्रममा बीमा कम्पनीहरुमा असोज ८ गतेसम्म २३ अर्ब ३९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनी गरी १८ कम्पनीमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँभन्दा बढीको दाबी परेको हो।

प्राधिकरणका अनुसार सबैभन्दा ठूलो दाबी सिद्धार्थ प्रिमियम इन्स्योरेन्समा परेको छ। यस कम्पनीमा मात्र ३ सय ७ वटा आवेदन दर्ता भई ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसपछि दोस्रो ठूलो दाबी दी ओरियन्टल इन्स्योरेन्स मा परेको छ, जसमा ८६ वटा निवेदनबाट ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ।

त्यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ सय ९६ वटा आवेदनबाट २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ, र शिखर इन्स्योरेन्समा ३ सय ९७ निवेदनमार्फत २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

बागमती प्रदेश:

१,६०८ निवेदन

रकम: १८ अर्ब ४ करोड ३ लाख रुपैयाँ

(सबैभन्दा बढी)

कोशी प्रदेश:

३७७ निवेदन

रकम: २ अर्ब २ करोड ५० लाख रुपैयाँ

गण्डकी प्रदेश:

२१९ निवेदन

रकम: १ अर्ब ७९ करोड ३४ लाख रुपैयाँ

कर्णाली प्रदेश:

२५ निवेदन

रकम: ८ करोड ९८ लाख रुपैयाँ

(सबैभन्दा कम)

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?