National life

‘जेन्जी’ आन्दोलनको हुलदङ्गाबाट २३ अर्ब बढी क्षति दाबी, बीमा कम्पनीहरूले गरे २ अर्ब भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० असोज २०८२, बिहिबार
1.1kShares
‘जेन्जी’ आन्दोलनको हुलदङ्गाबाट २३ अर्ब बढी क्षति दाबी, बीमा कम्पनीहरूले गरे २ अर्ब भुक्तानी
ncell

काठमाडौं  । भदौ २३ र २४ गते देशभरि भएका जेन–जेड आन्दोलनका क्रममा हुलदङ्गा, तोडफोड र आगजनीबाट भएका क्षतिप्रति बीमा कम्पनीहरूमा हालसम्म २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरका दाबी दर्ता भएका छन्। नेपाल बीमा प्राधिकरणले असोज २८ गतेसम्म संकलन गरेको तथ्यांकअनुसार, १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा जम्मा ३,१६३ वटा दाबी परेका छन्।

असोज २८ गतेसम्मकाे अवस्थामा कम्पनीहरूले अग्रिम भुक्तानीसहित १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबरको बीमा भुक्तानी गरेका छन्। सबैभन्दा बढी क्षति दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो कम्पनीमा ३९४ वटा दाबी परेका छन्, जसको कुल रकम ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँ बराबर छ। कम्पनीले हालसम्म ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ।

त्यसपछि दि ओरिएन्टल इन्स्योरेन्समा ९८ वटा दाबी सहित ५ अर्ब २४ करोड ८२ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी दर्ता भएको छ, जसमा हालसम्म ७१ लाख रुपैयाँ भुक्तानी गरिएको छ। तेस्रोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ, जसमा २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ बराबरका दाबी परेका छन्। कम्पनीले हालसम्म ३० करोड ७६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।

अन्य प्रमुख बीमा कम्पनीहरूमा परेका दाबी

शिखर इन्स्योरेन्स : ४३३ वटा दाबी, २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ, भुक्तानी ४२ करोड २७ लाख रुपैयाँ

सगरमाथा लुम्बिनी इन्स्योरेन्स : ३४२ वटा दाबी, १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ, भुक्तानी २ करोड ७९ लाख रुपैयाँ

नेको इन्स्योरेन्स : २५९ वटा दाबी, १ अर्ब १५ करोड ५४ लाख रुपैयाँ, भुक्तानी ८ करोड ३९ लाख रुपैयाँ

हिमालयन एभरेष्ट इन्स्योरेन्स : २७० वटा दाबी, ९८ करोड ६२ लाख रुपैयाँ, भुक्तानी २४ करोड ५३ लाख रुपैयाँ

त्यस्तै, सानिमा जीआईसीमा ८८ करोड ८५ लाख,

युनाइटेड अजोडमा ६३ करोड ९४ लाख,

एनएलजी इन्स्योरेन्समा ६० करोड ५८ लाख,

राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ४१ लाख,

नेपाल इन्स्योरेन्समा ४६ करोड ८९ लाख,

प्रभु इन्स्योरेन्समा २१ करोड ८ लाख, र

नेशनल इन्स्योरेन्समा ८ करोड ५७ लाख रुपैयाँ बराबरका दाबी परेका छन्।

यीमध्ये सानिमाले २ लाख, युनाइटेडले १ करोड ७८ लाख, एनएलजीले ३९ लाख, नेपाल इन्स्योरेन्सले ५ करोड २७ लाख, र प्रभुले १४ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

लघु बीमा कम्पनीहरूमा पनि दाबी

लघु निर्जीवन बीमा कम्पनीहरूमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड ३९ लाख,स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ६५ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा ५९ लाख रुपैयाँ बराबरका दाबी परेका छन्। यीमध्ये प्रोटेक्टिभले २ लाख, ट्रस्टले २२ लाख, र नेपाल माइक्रोले २ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?