National life
cg eloctronics

जोकोहीको लागि नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१६ पुस २०८२, बुधबार
1.1kShares
जोकोहीको लागि नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर लिलाम प्रक्रियामार्फत सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँ तोकेर उक्त शेयर बिक्री गर्न लागेको हो।

लिलाम प्रक्रियामा सहभागी हुन इच्छुक लगानीकर्ताले सम्पूर्ण २ लाख कित्ता शेयरका लागि एकमुष्ट रूपमा बोलपत्र पेश गर्नुपर्नेछ। आंशिक कित्ताका लागि आवेदन मान्य हुने छैन। बोलपत्र पेश गर्ने अवधि आज पुस १६ गतेदेखि पुस २३ गतेसम्म तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

इच्छुकले काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा तोकिएको समयभित्र बोलपत्र बुझाउन सक्नेछन्। कम्पनीका अनुसार पेश भएका बोलपत्र पुस २४ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालयमै खोलिनेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?