National life

डा. पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर,गभर्नर बन्न अयोग्य रहेको दावी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
562Shares
डा. पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर,गभर्नर बन्न अयोग्य रहेको दावी
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चामा रहेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पौडेलविरुद्ध रिट दायर गरेका हुन् । उनीहरुले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै रिट दायर गरेका हुन् ।

Royal Enfield
nic asia capital

रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको थियो । पौडेललाई गभर्नर बनाउने सहमति जुटेपछी गभर्नर छनोट समितिका सदस्य रहेका पौडेलले आइतबार त्यसबाट राजीनामा दिएका थिए ।

यसअघि उप्रेती र थापाले नै डा. गुणाकर भट्टको योग्यतामा प्रश्न उठाएर पूरक निवेदन दर्ता गरेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?