National life

दाबीको पहिरोमा निर्जीवन बीमा क्षेत्र: एकै त्रैमासमा ३४% वृद्धि, कुनको भुक्तानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
755Shares
दाबीको पहिरोमा निर्जीवन बीमा क्षेत्र: एकै त्रैमासमा ३४% वृद्धि, कुनको भुक्तानी कति ?
ncell

काठमाडौं । काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा क्षेत्र दावी भुक्तानीको असाधारण चापमा देखिएका छन्। यस अवधिमा अधिकांश बीमा कम्पनीहरूले भुक्तानी प्रक्रियालाई तीव्र बनाएका छन्, तर लगातार बढिरहेको दाबीको भारले धेरै कम्पनीहरू नोक्सानीमा धकेलिएका छन्।

हाल नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेका त्रैमासिक वित्तीय विवरणहरू अनुसार साउनदेखि असोज मसान्तसम्म कुल ५ अर्ब ६९ करोड १० लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकिएको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो रकम गत आवको सोही अवधिको तुलनामा ३४.१९ प्रतिशत बढी हो। गत वर्ष यस्तै अवधिमा कम्पनीहरूले ४ अर्ब २४ करोड ११ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका थिए।

जेनजी आन्दोलन र प्राकृतिक विपत्तिको प्रभाव

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन, प्राकृतिक विपत्ति तथा अन्य दुर्घटनाहरूका कारण बीमा कम्पनीहरूमा झण्डै २४ अर्ब रुपैयाँ हाराहारीका दाबी पेश भएका छन्। यति ठूलो परिमाणको दाबीले कम्पनीहरूमा भुक्तानीको दवाब अत्यधिक बढेको छ, जसका कारण अधिकांश कम्पनीहरूको वित्तीय परिणाम घाटामा गएको छ।

यसबीच, दाबीको भार न्यून रहेका प्रभू इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स मात्र नाफामा देखिएका छन्। बाँकी १२ कम्पनी भने भुक्तानी चापका कारण घाटामा पुगेका छन्। घाटामा पुगे पनि कम्पनीहरूले भुक्तानीलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेका छन्।

सबैभन्दा धेरै भुक्तानी ‘सलिको’बाट

प्राधिकरणको तथ्यांक अनुसार, यस अवधिमा सबैभन्दा ठूलो दाबी भुक्तानी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ। कम्पनीले त्रैमासभित्रै १ अर्ब ८ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन गत आवको सोही अवधिका ४४ करोड ९२ लाख को तुलनामा निकै उच्च वृद्धि हो। व्यवसायिक हिसाबले अग्रस्थानमा रहने शिखर इन्स्योरेन्सले पनि उच्च भुक्तानी गरेको छ । । कम्पनीले तीन महिनामा ६८ करोड २ लाख रुपैयाँ भुक्तानी गरेको छ।

त्यस्तै, सोही अवधिमा एनएलजी इन्स्योरेन्सले ८१.०७ प्रतिशत वृद्धि गर्दै ६४ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले ५४ करोड ६० लाख, नेको इन्स्योरेन्सले ५२ करोड ९९ लाख, आइजीआई प्रुडेन्सियलले ४८ करोड ३० लाख, सानिमा जिआइसीले ३३ करोड ७६ लाख, युनाइटेड अजोडले ३३ करोड ६५ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३२ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।


यता, ओरियण्टल इन्स्योरेन्सले २३ करोड ३५ लाख, नेपाल इन्स्योरेन्सले १८ करोड २३ लाख, नेशनल इन्स्योरेन्सले १५ करोड ४७ लाख, प्रभु इन्स्योरेन्सले १० करोड ७६ लाख र राष्ट्रिय बीमा कम्पनीले ४ करोड ५९ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको तुलनामा आइजीआई, नेशनल, राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोडको दाबी भुक्तानीमा कमी देखिएको छ भने बाँकी सबै कम्पनीको भुक्तानी रकम वृद्धि भएको छ।



दाबी भुक्तानीको तीव्र वृद्धि, ठूलो परिमाणका क्षति घटनाहरू तथा बजारमा देखिएको आर्थिक दबाबले निर्जीवन बीमा क्षेत्रका लागि यो त्रैमास चुनौतीपूर्ण साबित भएको छ। धेरै कम्पनीहरू घाटामा पुगे पनि भुक्तानीलाई प्राथमिकता दिँदै दाबी प्रक्रियामा निरन्तरता राखिनु ग्राहकहरुमा विश्वास कायम गर्नका लागि सकारात्मक संकेत भएको बीमा जानकारहरुको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?