काठमाडौं । नेपालमा सञ्चालित लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा १६ करोड ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चार लघु निर्जीवन बीमा कम्पनीहरुले सो रकम आर्जन गरेका हुन्। सबैभन्दा धेरै बीमा शुल्क प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आर्जन गरेको छ। कम्पनीले ४ करोड ३५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ।
कम्पनी व्यवसाय विस्तारमा आक्रामक बन्दै गएको प्राधिकरणले जनाएको छ।
त्यसपछि नेपाल माइक्रो इन्स्योरेन्सले ४ करोड २४ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ करोड २० लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ३ करोड ७० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।






































