National life

दुई महिनामै साढे २ अर्ब रुपैयाँ सरेण्डर : ३६ अर्ब बढी बीमालेख नविकरणविहीन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.1kShares
दुई महिनामै साढे २ अर्ब रुपैयाँ सरेण्डर : ३६ अर्ब बढी बीमालेख नविकरणविहीन
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै जीवन बीमा कम्पनीहरूबाट साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम बीमा पोलीसी सरेण्डर मार्फत बाहिरिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, यस अवधिमा बीमितहरूले २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बराबरका पोलीसी समर्पण गरेका छन्।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१८ प्रतिशतले घटेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको भदौ मसान्तसम्म बीमालेख समर्पणमार्फत २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो।

प्राधिकरणका अनुसार, सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि घटेको छ। गत आवको दुई महिनासम्म १९ हजार ७४१ जनाले पोलीसी समर्पण गरेकोमा, चालु आवको सोही अवधिसम्म १५ हजार ८९८ जनाले मात्र बीमालेख सरेण्डर गरेका छन्। यसरी समर्पण गर्ने बीमितको संख्या १९.४७ प्रतिशतले घटेको देखिन्छ।

तर, बीमालेख नविकरण नगरिएको (व्यतित) रकम भने उल्टै बढेको छ। गत आवको दुई महिनामा ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ बराबरको बीमालेख नविकरण नभएकोमा, चालु आवको सोही अवधिसम्म त्यो रकम ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ पुगेको प्राधिकरणको तथ्यांकले देखाउँछ। यो वृद्धि ५.०७ प्रतिशतको हो।

व्यतित बीमालेखको संख्या पनि बढेको छ। गत आवको दुई महिनासम्म ११ लाख ८० हजार ६१६ वटा बीमालेख नविकरण नभएकोमा, चालु आवमा यो संख्या बढेर १२ लाख १३ हजार ५६२ पुगेको छ, जसमा २.७९ प्रतिशत वृद्धि देखिएको छ।

बीमा क्षेत्रका विश्लेषकहरूका अनुसार, सरेण्डर दर घट्नु उपभोक्ताको स्थायित्वप्रतिको सकारात्मक सङ्केत हो भने व्यतित बीमालेखको संख्या बढ्नु भने कम्पनीहरूको नगद प्रवाह र जोखिम व्यवस्थापनमा चुनौतीको सङ्केत हो। निरन्तर बढ्दै गएको व्यतित दरले जीवन बीमा कम्पनीहरूको दीर्घकालीन व्यवसायिक स्थायित्वमा दबाब सिर्जना गर्ने देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?