National life

दुई वित्तीय संस्थामा नेतृत्व फेरबदल: धौलागिरीमा जोशी, सिटिजन लाइफमा पुनः पौडेल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ मंसिर २०८२, आइतबार
488Shares
दुई वित्तीय संस्थामा नेतृत्व फेरबदल: धौलागिरीमा जोशी, सिटिजन लाइफमा पुनः पौडेल नियुक्त
ncell

काठमाण्डौ। दुई वित्तीय संस्थामा नेतृत्व परिवर्तन र निरन्तरतासम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्दै धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ–पुराना सीईओ नियुक्त गरेका छन्।

धौलागिरी लघुवित्तमा जोशी नयाँ सीईओ

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवराम जोशी नियुक्त भएका छन्। मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई ४ वर्षका लागि—मंसिर १९, २०८२ देखि मंसिर १८, २०८६ सम्म-सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

जोशी यसअघि संस्थामा कार्यवाहक (कामु) सीईओका रूपमा कार्यरत थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लघुवित्त क्षेत्रमा अनुभवसहित उनले संस्थालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सिटिजन लाइफमा पौडेल पुनः सीईओ, तेस्रो कार्यकाल

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भने पोषक राज पौडेललाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागु हुने गरी पौडेललाई तेस्रो कार्यकालका लागि सीईओ बनाउने निर्णय गरेको हो।

२०७४ पुस ३० मा पहिलोपटक र २०७८ पुस ३० मा दोस्रोपटक सीईओ नियुक्त भएका पौडेलको नेतृत्वमा कम्पनीले पछिल्ला वर्षमा उल्लेखनीय व्यवसायिक प्रगति हासिल गर्दै आएको छ।

३१ वर्षको व्यावसायिक अनुभवका धनी उनी अडिटिङ, म्यानेजमेन्ट कन्सल्टिङदेखि जीवन बीमा व्यवसायसम्बन्धी गहिरो ज्ञानका कारण बीमा क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व मानिन्छन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पौडेलले अमेरिकास्थित लाइफ अफिस म्यानेजमेन्ट एसोसिएसन बाट फेलोशिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट तथा एसोसिएट कस्टमर सर्भिस उपाधि प्राप्त गरेका छन्।

नेतृत्व तथा व्यवस्थापन क्षमतामा निरन्तर उन्नति गर्दै आएका उनले अमेरिकाको राइस विश्वविद्यालयको एडभान्स्ड लिडरशिप प्रोग्राम सहित विभिन्न तालिमहरू पूरा गरेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?