National life
cg eloctronics

देशभर व्यतित बीमालेख ३६ अर्ब ७७ करोड नाघ्यो, समर्पण संख्या र रकम दुवैमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२२ मंसिर २०८२, सोमबार
625Shares
देशभर व्यतित बीमालेख ३६ अर्ब ७७ करोड नाघ्यो, समर्पण संख्या र रकम दुवैमा गिरावट
muktinatha bikash bank

काठमाडौँ । देशभर जीवनबीमा नविकरणमा लापरबाही बढ्दै गएको संकेत गर्दै व्यतित बीमालेख (लाप्स पोलिसी) को रकम ३६ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ। गत आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तको तुलनामा २०८२/८३ कात्तिक मसान्तसम्म व्यतित बीमालेखबापतको रकम ४.६९ प्रतिशतले वृद्धि भएको बीमा क्षेत्रमा सरोकारवालाहरूले जनाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

एक वर्षमा व्यतित रकम र संख्यामा वृद्धि

गत वर्ष ३५ अर्ब १३ करोड २ लाख ९४ हजार रुपैयाँ रहेको व्यतित बीमालेख रकम बढेर ३६ अर्ब ७७ करोड ८५ लाख ८४ हजार रुपैयाँ पुगेको छ। व्यतित बीमालेखको संख्या पनि १२ लाख ५ हजार ९६२ बाट ०.९७ प्रतिशत बढेर १२ लाख १७ हजार ७०२ पुगेको छ।

बीमा समर्पण (सरेन्डर) संख्यामा गिरावट

यसबीच, बीमालेख समर्पण संख्या र रकम भने घटेका छन्। समर्पण संख्या १८.१४ प्रतिशतले घटेर ३५ हजार ९८५ बाट २९ हजार ४५९ मा झरेको छ। समर्पण रकम पनि ६.२७ प्रतिशतले घट्दै गत वर्षको ४ अर्ब ८२ करोड ९७ लाख २६ हजार रुपैयाँबाट ४ अर्ब ५२ अर्ब ६९ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ। बीमा अवधिभन्दा अघि बीमालेख बन्द गर्दा बीमाधारकले पाउने रकमलाई समर्पण मूल्य भनिन्छ।

everest bank

बीमा नवीकरण समयमा नगर्दा बीमालेख ‘ल्याप्स’ हुन्छ, जसलाई व्यतित बीमालेख भनिन्छ। जीवन बीमा कम्पनीले मासिक किस्ताका बीमाधारकलाई १५ दिन र अन्य किस्तामा ३० दिनको अतिरिक्त समय प्रदान गर्छन्। तर उक्त अवधि पार गरेपछि बीमालेख स्वतः निष्क्रिय हुन्छ र जोखिम सुरक्षण प्रदान गर्न छाड्छ। म्यादी बीमामा भने यो व्यवस्था लागू हुँदैन।

उच्च बीमाङ्कका पोलिसी पुनर्जागरणमा चुनौती

ठुलो बीमा रकम भएका बीमालेख व्यतित भएमा पुनःसञ्चालन प्रक्रिया जटिल हुन्छ। यस्तो बीमा पुनर्बीमा (Reinsurance) मा पर्ने भएकाले पुनर्बीमकको स्वीकृति आवश्यक पर्छ। पुनर्बीमकले शर्तसहित वा शर्तरहित अनुमति दिएपछि मात्र पोलिसी पुनर्जागरण हुन्छ। कहिलेकाहीँ बीमाधारकले आफ्नै खर्चमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बाध्यता पनि पर्छ।

बीमालेख सक्रिय हुँदा स्वास्थ्य अवस्था राम्रो भएको व्यक्तिलाई पछि स्वास्थ्य समस्या—जस्तै हृदयघात वा शल्यक्रिया—देखिएमा बीमकले पुनर्जागरण अस्वीकार गर्न सक्छ वा अतिरिक्त शुल्क लिएर मात्र सक्रिय गर्न सक्छ। यस्तो अवस्थामा दुर्घटना बीमाको सुविधा नपाइने पनि हुन सक्छ।

व्यतित अवस्थामा दुर्घटना भए क्षतिपूर्ति नपाइने

बीमालेख निष्क्रिय अवस्थामा दुर्घटनाबाट मृत्यु वा अंगभङ्ग भएमा बीमाधारक वा हकवालाले कुनै जोखिम वहन सुविधा पाउँदैनन्। कुनै अंग क्षतिग्रस्त भए पनि पुनर्जागरण कठिन हुन सक्छ वा अत्यधिक प्रिमियम तिर्नुपर्ने बाध्यता आउन सक्छ।बीमा विज्ञहरूका अनुसार व्यतित बीमालेखको बढ्दो संख्या जीवन बीमा संरक्षण प्रणालीमै ठूलो चुनौतीका रूपमा देखा परेको छ। बीमाधारकले समयमै बीमा नवीकरणमा ध्यान दिए व्यतित बीमालेख घटाउन सकिने उनीहरूको सुझाव छ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?