काठमाडौं । मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन्।
जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कामु सीईओ ज्ञवालीलाई आगामी ४ वर्षे कार्यकालका लागि सीईओ पदमा नियुक्त गरेको हो। उनलाई जेठ २२ गतेदेखि नै लागू हुने गरी सीईओ नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
ज्ञवालीले २०७७ जेठमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए।



































