National life

निक्षेप तथा कर्जा सुरक्षण कोषलाई उचाइ दिएका मिश्र बीमा प्राधिकरणमा कति योग्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
468Shares
निक्षेप तथा कर्जा सुरक्षण कोषलाई उचाइ दिएका मिश्र बीमा प्राधिकरणमा कति योग्य ?
ncell

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्व सीईओ विष्णुबाबु मिश्र नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्षको लागि प्रतिस्पर्धामा देखिएका छन् । शरद ओझालाई सरकारले निकालेसँगै उनलाई नयाँ अध्यक्षको लागि गरेको आवेदनमा उनी पनि प्रतिस्पर्धामा देखिएका हुन् ।

शुक्रबारसम्म आवेदन दिने म्याद रहेकोमा १४ जनाले इच्छा व्यक्त गरेका छन् । जसमध्ये मिश्र पनि एक हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०४८ सालमा प्रधान सहायक पदबाट तत्कालिन कर्जा सुरक्षण निगममा प्रवेश गरेका विष्णुबाबु मिश्रको तीन दशक लामो यात्रा कर्जा सुरक्षण कोषमा तय गरे ।

२०७४ असोज २६ गते तात्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले विष्णुबाबु मिश्रलाई कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । आफ्नो करियर नै कोषमा बिताएका मिश्र सीईओ भने खुला प्रतिस्पर्धाबाट भएका थिए । डेपुटी सीईओ हुँदै सीईओ भएका उनले कोषलाई स्थापित बनाइएका थिए ।

कोषसँगको ३० वर्षे यात्रामा उनले ४ वर्ष संस्थाको निर्णय गर्न सक्ने पद ‘प्रमुख कार्यकारी अधिकृत’ भएर काम गरे । संस्था प्रवेश गरेको २३ वर्षमा डेपुटी सीईओ बनेका थिए ।

२०३१ सालमा गरिब, विपन्न तथा पिछडिएको वर्गमा बैंक तथा वित्तीय क्षेत्रले प्रवाह गरेको कर्जा सुरक्षण गरी यस्तो क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य बोकेर स्थापना भएको कर्जा सुरक्षण निगम अहिले हरेक पक्षबाट बलियो र सवल बनेको छ । यसमा उनको ठूलो भूमिका छ ।

विगतमा कानुनको अभाव न्यून कर्मचारीका कारण प्रभावकारी काम गर्न नसेकेको संस्थामा अहिले स्वीकृत दरबन्दी ८२ पुगेको छ भने २०७३ सालदेखि यो संस्था सञ्चालन गर्न छुट्टै निक्षेप तथा कर्जा सुरक्षण ऐन, २०७३ कार्यान्वयमा आइसकेको अवस्था छ । यो काम मिश्रकै पालामा भएको थियो । कोषको पुँजी बढाएर अब्बल बनाउने काम उनै मिश्रले गरेका थिए ।

साथै सातै प्रदेशमा भवन बनाएर उनले कोषको अस्तित्व कायम गरे । भने कोष संचालनको लागि उनले नियम, कार्याविधि, विनियमावलीमा ठूलो योगदान गरेका छन्। जसको कारण आज कोषप्रति बैंक तथा वित्तिय संस्थाहरु ढुक्क हुने अवस्था आएको छ । यस्तो कामका लागि कोषका कर्मचारी र सरोकारवालाहरु मिश्रको कार्यशैलीको अहिले पनि उदाहरण प्रदान गर्ने गर्छन् । उनै मिश्र अहिले प्राधिकरणको अध्यक्षमा प्रतिस्पर्धामा देखिएका छन् ।

मिश्रको कार्यशैलीलाई बुझेकाहरु प्राधिकरणको नेतृत्वमा आउन खोज्नुलाई सकरात्मक रुपमा लिन्छन् । मिश्र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । अनुभव र योग्यता भएका उनी माथि धेरैले प्रश्न गर्ने ठाउँ छैन ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?