National life

निजी विद्यालय समेत बन्द गरेर आन्दोलनमा सघाउन महासंघको अनुरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
602Shares
निजी विद्यालय समेत बन्द गरेर आन्दोलनमा सघाउन महासंघको अनुरोध
ncell

काठमाडौं । निरन्तर सडक आन्दोलनमा रहेका शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ । आज विज्ञप्ति निकाल्दै महासंघले निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न अनुरोध गरेको छ ।

‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?