National life

निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलनमा वृद्धि, कसले कति गरे आर्जन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ भदौ २०८२, शुक्रबार
1.1kShares
निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलनमा वृद्धि, कसले कति गरे आर्जन ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा निर्जीवन बीमकहरूको बीमाशुल्क आर्जन सामान्य बढेको छ । साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको खुद प्रिमियम आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.३५ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो आवको साउन महिनामा निर्जीवन बीमकहरुले ४ अर्ब २६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेका थिए ।

चालु आवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले एक महिनाको अवधिमा ४५ करोड ५४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले साउन महिनामा ४१ करोड ७९ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४१ करोड ५५ लाख रुपैयाँबराबरको प्रिमियम भित्राएको छ ।

यसैगरी नेपाल इन्स्योरेन्सले २० करोड ७१ लाख, ओरियन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख, राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख, नेशनल इन्स्योरेन्स २६करोड ६ लाख, नेको इन्स्योरेन्सले ३२ करोृड १ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख, हिमालयन एभेरेष्टले ३६ करोड ५२ लाख, सानिमा जिआईसीले २२ करोड ३६ लाख, आईजीआई प्रडेन्सियलले ३३ करोड ८१ लाख र युनाइटेड इन्स्योरेन्सले २७ करोड ६७ लाख बीमाशुल्क कमाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?