National life

निर्जीवन बीमा कम्पनीमा २३ अर्ब ४६ करोड दाबी : धेरै दाबी परेका यी ५ कम्पनी, कुनमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1.3kShares
निर्जीवन बीमा कम्पनीमा २३ अर्ब ४६ करोड दाबी : धेरै दाबी परेका यी ५ कम्पनी, कुनमा कति ?
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण भएको क्षतिको बीमा दाबी सम्बन्धी पछिल्लो विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार, हालसम्म निर्जीवन बीमा कम्पनीहरूमा कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैंया बराबरको दाबी रकम परेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको कार्तिक २४ गतेसम्मको तथ्याङ्क अनुसार, ३ हजार २ सय ४६ वटा दाबी परेकोमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित ३ अर्ब ६८ करोड ४१ लाख रुपैंया बराबरको दाबी भुक्तानी गरिसकेका छन् ।

दाबी परेका बीमामा सबैभन्दा ठूलो संख्यामा मोटर बीमा अन्तर्गत २ हजार २ सय ९० वटा दाबी परेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अन्य दाबीमा ६ सय ९३ वटा सम्पत्ति बीमा, २ सय ९ वटा इन्जिनियरिङ तथा ठेक्का बीमा, १२ वटा परिवहन बीमा र ४२ वटा अन्य बीमा रहेका छन् ।

धेरै दाबी परेका ५ कम्पनी

पहिलो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ५१ करोड ३७ लाख रुपैंया बराबरको ४ सय १ वटा बीमा दाबी परेकोमा १ अर्ब ५७ करोड ५१ लाख रुपैंया भुक्तानी भैसकेको छ । दोस्रोमा रहेको दि इन्स्योरेन्स कम्पनीमा ५ अर्ब ४४ करोड ३५ लाख रुपैंया बराबरको १०१ वटा बीमा दाबी परेकोमा ४ करोड १९ लाख रुपैंया भुक्तानी भएको छ ।

त्यसैगरि, तेस्रोमा रहेको आईजीआई प्रूडेन्सियलमा २ अर्ब ७९ करोड ९१ लाख रुपैंया बराबरको २ सय १६ वटा दाबी परेकोमा कम्पनीले ५५ करोड ४४ लाख रुपैंया दाबी भुक्तानी गरेको छ।

चौथोमा रहेका शिखर इन्स्योरेन्स कम्पनीमा २ अर्ब ४२ करोड १ लाख रुपैंया बराबरको दाबी परेकोमा ६६ करोड २६ लाख रुपैंया बराबरको दाबी भुक्तानी भएको छ । पाँचौमा रहेका सगरमाथा लुम्बिनी इन्स्योरेन्स मा १ अर्ब ५७ करोड २६ लाख रुपैंया बराबरको दाबी रकम रहेकोमा ८ करोड रुपैंया दाबी भुक्तानी भएको छ।

कम दाबी परेका ३ माइक्रो इन्स्योरेन्स कम्पनी

सबैभन्दा कम दाबी परेको निर्जीवन बीमा कम्पनी रहेको छ नेपाल माइक्रो इन्स्योरेन्स् यो कम्पनीमा जम्मा १७ वटा बीमा दाबी परेको छ, जसको दाबी रकम ५९ लाख रुपैंया छ। यसमध्ये १२ लाख रुपैंया बराबरको भुक्तानी भैसकेको छ ।

दोस्रोमा रहेको छ ट्रस्ट माइक्रो ईन्स्योरेन्स यसमा ६५ लाख रुपैंया दाबी रकम रहेकोमा कम्पनीले २२ लाख रुपैंया बराबरको दाबी भुक्तानी दिएको छ। तेस्रो कम्पिनि हो स्टार माइक्रो इन्स्योरेन्स् यो कम्पनीमा ७२ लाख रुपैंयाको दाबी परेकोमा जम्मा ३ लाख रुपैंया भुक्तानी भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?