काठमाडौं। निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षका पहिलो चार महिनामा करिब १६ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ९ लाख ३ हजार ९८ बीमालेख जारी गर्दै १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँको बीमाशुल्क संकलन भएको छ।
बीमाशुल्क संकलनका हिसाबले सगरमाथा लुम्बिनी इन्स्योरेन्स अग्रस्थानमा छ। कम्पनीले कात्तिकसम्मको अवधिमा १ अर्ब ७८ करोड रुपैयाँको बीमा व्यवसाय गरेर सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको छ।

तेस्रो स्थानमा रहेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ। त्यस्तै सानिमा जिआईसीले १ अर्ब २ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ५४ करोड, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड तथा युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्।
अन्य बीमा कम्पनीहरूमध्ये एनएलजी इन्स्योरेन्सले १ अर्ब २६ करोड, प्रभु इन्स्योरेन्सले ६५ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १४ करोड, नेशनल इन्स्योरेन्सले ५० करोड, राष्ट्रिय बीमा कम्पनीले ४३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड र नेपाल इन्स्योरेन्सले ८६ करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन्।






































